×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर साढे २० लाखभन्दा बढी कोरोना सङ्क्रमित भए निको, मृत्यु हुनेको संख्या कति ?

GLOBAL IME BANK

विश्वभर साढे २० लाखभन्दा बढी कोरोना सङ्क्रमित भए निको, मृत्यु हुनेको संख्या कति ?

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा साढे २० लाख भन्दा धेरै मानिस कोरोना सङ्क्रमणबाट निको भएका छन् । ५१ लाख ८८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २० लाख ७८ हजार ४ सय ९४ जना निको भएका वल्डओमिटरले जनाएको छ । उपचार गराइरहेका २७ लाख ७६ हजारभन्दा धेरैमध्ये दुई प्रतिशत अर्थात साढे ४५ हजार जनाको अवस्था जटिल र बाँकी २७ लाख भन्दा धेरैको अवस्था सामान्य छ ।
३ लाख ३४ हजार जनाको भने ज्यान गएको छ । गएको २४ घण्टामा विश्वभर ४ हजार ८ सय १९ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा १३ सय जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९६ हजार नाघेको छ । अहिलेसम्म अमेरिकामा मात्रै १६ लाख १९ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । त्यहाँ ३ लाख ८२ हजार कोरोनाका विरामी निको भएका छन् ।
यस्तै भारतमा कोरोेनाका नयाँ विरामी र ज्यान गुमाउनेको दर बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै भारतमा ६ हजारभन्दा धेरै नयाँ विरामी थपिएका छन् भने र १ सय ५० जनाको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ ।यससँगै भारतमा कोरोना सङ्क्रमितको संख्या १ लाख १८ हजार नाघेको छ । यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । ४९ जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: