×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालका २१ जिल्लामा फैलियो कोरोना भाइरस, कुन जिल्लामा कति संक्रमित ? (विवरणसहित)

LAXMI SUNRISE BANK

नेपालका २१ जिल्लामा फैलियो कोरोना भाइरस, कुन जिल्लामा कति संक्रमित ? (विवरणसहित)

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कोरोना अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था...
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालका २१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । मंगलबार एकै दिन ८३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमण फैलिएको जिल्लाको संख्या २१ पुगेको हो । मंगलबार दिउँसो ५७ र बेलुका २६ जना संक्रमित थपिएका थिए । जसमा दुई नयाँ जिल्ला भक्तपुर र महोत्तरी पनि परेका छन् । जहाँ २/२ जनामा संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा छन् । पर्सामा ८२ जनामा संक्रमण पुष्टि भएको छ । दोस्रोमा बढी संक्रमित भएको जिल्ला उदयपुरमा ३२ जना रहेका छन् । कपिलवस्तुमा २९, बाँकेमा २४ र रुपेन्देहीमा १६ जना संक्रमित छन् । यस्तै काठमाडौंमा ५, कैलालीमा ४, बारामा ३, रौतहटमा ३, धनुषामा ३, चितवनमा २, झापामा २, वाग्लुङमा २ र सर्लाहीमा २ जनामा संक्रमण पुष्टि भएको छ ।
कञ्चनपुर, बर्दिया, धादिङ, सप्तरी र भोजपुरसहितका पाँच जिल्लामा भने एक जना मात्रै कोरोना संक्रमित रहेका छन् । ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी