×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ महिनापछि यसरी सुरु भयो भियतनाममा पठनपाठन, नेपालमा कहिले होला ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

३ महिनापछि यसरी सुरु भयो भियतनाममा पठनपाठन, नेपालमा कहिले होला ?

Artha Sarokar

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भियतनाममा सोमबारदेखि विद्यालय खुलेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि विद्यालय बन्द भएको ३ महिनापछि सोमबार त्यहाँका विद्यालय खुलेका हुन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आएसँगै विद्यालयहरू सञ्चालनमा आएको त्यहाँका सरकारी अधिकारीहरूले बताएका छन् ।
तीन महिनापछि विद्यालय खुले पनि सुरक्षाका उपाय अपनाउन अनिवार्य गरिएको छ । गत फेब्रुअरीको सुरुदेखि भियतनाममा सबै विद्यालयहरु बन्द थिए । विद्यालय खुलेसँगै सोमबार अधिकांश विद्यार्थीहरु विद्यालय गएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार भियतनाममा एउटा कोठामा भीड नहुने गरी सानो समूहमा छुट्याएर पढाइ थालिएको छ ।
यद्यपि, केही विद्यालयलाई भने भौतिक दूरी कायम राखेर पठनपाठन सञ्चालन गर्न कोठा र शिक्षक अभाव देखिएको छ । केही विद्यालयले भने तालिका परिवर्तन गर्दै अनलाइन र टेलिभिजन अध्यापनलाई निरन्तरता दिएका छन् । भियतनाममा कोरोनाबाट कसैको ज्यान गएको छैन । तर, २ सय ७१ मा संक्रमण देखिएको छ । यता नेपाल भने कोरोना संक्रमितको संख्या बढिरहेको छ । यसरी संख्या बढ्दा नेपाल सरकारले लकडाउनको अवधि थप  गर्ने देखिन्छ । र लकडाउन खुलेता पनि छिटै पठनपाठनलाइ सुचारु  नगर्ने भनिएको छ । -बीबीसी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी