Skip to content
LAXMI SUNRISE BANK

नेपाली दूतावासको अनुरोधमा ३ नेपालीलाई भारतले अष्ट्रेलियाबाट गर्यो उद्धार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतले अष्ट्रेलियामा अलपत्र परेका आफ्न नागरिकहरुलाई उद्धार गर्ने क्रममा तीन जना नेपालीलाई पनि नयाँदिल्ली ल्याएको छ । कास्की घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिनालाई भारतीय नागरिकहरुसँगै नयाँदिल्ली ल्याइएको हो । उनीहरु बाबु–छोराहरु हुन् । एकजना छोरा बोनम्यारो सम्बन्धी विरामी छन् । अर्का छोराले बोनम्यारो दान गर्नेछन् भने बुवा हेरचाहका लागि हुनेछन् ।
बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामी भएकाले अष्ट्रेलियास्थित नेपाली दूतावासले गरेको अनुरोधमा उनीहरुलाई दिल्लीसम्म पुर्याइदिन भारतीय दूतावासले जनाएको छ । काठमाडौंस्थित दूतावासका अधिकारीहरुले पनि यो कुरा पुष्टि गरेका छन् ।
काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार ती नेपालीहरुलाई दिल्लीस्थित बीएलके अस्पतालमा पुर्याइने छ । ‘तीनैजना नेपालीमा कोरोना संक्रमण नभएको र यात्रा गर्न सुरक्षित रहेको भनेर अष्ट्रेलियाको एक अस्पतालले कागज बनाइदिएको छ,’ काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीले भने, ‘तर पनि उनीहरु निश्चित अवधिसम्म बीएलके अस्पतालको क्वारेन्टाइनमा रहनेछन् ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK