×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ का ७ जिल्लामा कोरोना फैलिँदा ५९ जना संक्रमित, कुन कुन ठाउँमा कति जना ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रदेश १ का ७ जिल्लामा कोरोना फैलिँदा ५९ जना संक्रमित, कुन कुन ठाउँमा कति जना ?

Artha Sarokar

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बेलबारी । विश्वमा महामारीको रुप लिईरहेको कोरोना संक्रमण प्रदेश १ का १४ मध्ये ७ जिल्लामा फैलिद ५९ जना संक्रमित भएका छन । बैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्केमा एकै पटक १२ जना जमातीमा देखिएको कोरोना संक्रमण एक महिनामा ७ जिल्ला सम्म पुगेको छ । हाल सम्ममा उदयपुर, झापा, भोजपुर, मोरङ, धनकुटा, खोटाङ र सुनसरीमा कोरोना संक्रमण फैलिएको छ । प्रदेश १ का तराई मधेसका जिल्ला बाहेक पहाडका दुई जिल्ला धनकुटा र भोजपुरमा मात्रै कोरोना संक्रमण फैलिएको छ ।
धनकुटामा बिरामीबाट कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । भोजपुरमा जिल्ला बाहिर बाट गएका युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनि कोरोना जितेर डिस्चार्ज समेत भईसकेका छन् । उदयपुर, झापा, मोरङ र सुनसरीमा भारतबाट नेपाल आएकामा धेरैमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे बताउँछन् । खोटाङका संक्रमित युवक भने काठमाडौबाट घर फर्किएका थिए । उनलाई काठमाडौबाट फर्कदै कोरोना संक्रमण भएको आशंका स्थानीय जनप्रतिनिधीको छ ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईका अनुसार संक्रमित २० वर्षिय युवक गत बैशाख १२ गते काठमाडौबाट घर आएका थिए । उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । सात जिल्लामा कोरोना संक्रमण फैलदा संक्रमितको संख्या ५९ पुगेको छ । सबैभन्दा बढी उदयपुरमा ३३ जना संक्रमित छन् । त्यसपछि झापामा १२, धनकुटामा ६, मोरङमा ४, सुनसरीमा २, खोटाङ र भोजपुरमा १÷१ जनामा संक्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । संक्रमित मध्ये १८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । बाँकी सबैको विराटनगर स्थित कोरोना विषेश अस्पतालमा उपचार भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी