×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव : अमेरिकामा बेरोजगारहरुको संख्या झनै बढ्यो

LAXMI SUNRISE BANK

कोरोना प्रभाव : अमेरिकामा बेरोजगारहरुको संख्या झनै बढ्यो

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अमेरिका।  कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिनप्रतिदिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन् । गत हप्तामा २१ लाख अमेरिकीले यो फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकाको श्रम विभागले सो जानकारी दिएको हो । अघिल्लो हप्ता अर्थात् गएको मे २३ अघिसम्मको तथ्यांकमा २१ लाख नागरिकले आफूहरु बेरोजगार भएको भन्दै यो फाराम भरेका जनाइएको छ । त्यसैगरी त्यो भन्दा पनि अघिल्लो हप्ता अमेरिकाका २४ लाख मानिसले यस्तो बेरोजगारी भत्ताको फाराम भरेकोमा अहिले थप २१ लाखले यो फाराम भरेको यहाँको श्रम विभागले जानकारी दिएको हो । अधिकारीहरुले यसरी अमेरिकाका नागरिकले पहिलो पटक सवैभन्दा धेरैले बेरोजगारी भत्ताका लागि फाराम भरेको देखिएको बताएका छन् ।
पछिल्लो विवरणमा अहिलेसम्ममा ४ करोड १ लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन् । यो बेरोजगारहरुको बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको यहाँका अर्थ क्षेत्रका अधिकारीहरुले जानकारी दिएका समाचारमा उल्लेख गरिएको छ । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् । गत मार्च महिनामा सात लाख दश हजार मानिसले रोजगारी गुमाएका थिए । कोरोनाभाइरसको संक्रमण फैलिदै गएपछि सामाजिक दुरी कायम गर्नुपर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले यहाँका ३० करोड भन्दा बढी मानिस घरमै बसेका एक तथ्यांकले देखाएको छ ।
यहाँ हालै मात्र सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको देखिएको छ । बेरोजगारको संख्या बढ्दै जाने र उद्योग व्यापार बन्द हुदै जाने गरेकाले अमेरिकी सरकारले विभिन्न राहतका प्याकेजहरुको पनि घोषणा गरेको छ ।- एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी