
- अर्थ सरोकार सम्बाददाता
नेपालगन्ज । साँग्रिला डेभलपमेन्ट बैँक नेपालगञ्जमा २७ वर्षीया प्रतीक्षा भुसाल र उनका भाइ किरण भुसाल चढेको मोटरसाइकललाई सेनाको गाडीले ठक्कर दिंदा बैंकर प्रतीक्षाका भाइ किरणको दुर्घटनामा मृत्यु भएको छ । बैंकको ड्युटी सकेकी दिदीलाई लिन गएका भाइले प्रतीक्षालाई पछाडी राखेर बाइक चलाएका थिए ।
कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह६३४१ नंको गाडीले ठक्कर दिँदा भे४ प ७६२० नंको मोटरसाइकलमा सवार कोहलपुर –२ का २४ वर्षीय किरण भुसालको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले पुष्टी गरेको छ।
घाइते प्रतीक्षाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्