Skip to content
LAXMI SUNRISE BANK

कोरोनाको माहामारीसँग जुध्न एशियाली विकास बैंकले नेपाललाई ३० अर्ब सहुलियत ऋण दिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना भाइरसको विपत्तिसँग जुध्न एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई २५ करोड डलर (करीब ३० अर्ब) सहुलियत ऋण दिने भएको छ । बैंकले मंगलबार नेपाललाई दिने सहुलियत ऋणका विषयमा टुङ्गो लगाएको हो ।
नेपाल सरकारले यो ऋण रकमले देशको सार्वजनिक स्वास्थ्य क्षेत्रको सुधार, कोरोनाभाइरसले निम्त्याएको आर्थिक र सामाजिक जोखिमसँग जुध्न खर्च गर्ने एडीबीले जनाएको छ। त्यस्तै, विपन्न र जोखिममा परेका सर्वसाधारणलाई पनि यो सहयोग रकमले सम्बोधन गर्नेछ । दैनिक ३ हजार कोरोनाभाइरसको परीक्षण गर्न सात वटै प्रदेशमा २ लाख जनालाई क्वारेन्टिनमा राख्न सक्ने क्षमता विस्तार गर्न यो ऋण सहयोग गरेको एडीबीले जनाएको छ।
एडीबीले कोरोनाभाइरसले सदस्य देशका अर्थतन्त्रहरुमा पारेको समस्यासँग जुध्न २० अर्ब डलरको कोष बनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK