×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अफगानिस्तानमा कोरोना परीक्षण गरेको एकतिहाइमा संक्रमण पुष्टि, संक्रमित संख्या कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अफगानिस्तानमा कोरोना परीक्षण गरेको एकतिहाइमा संक्रमण पुष्टि, संक्रमित संख्या कति ?

Artha Sarokar

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले परीक्षण गरिएका नमुनामध्ये झन्डै एकतिहाइमा कोरोना भाइरस संक्रमण पुष्टि गरेको छ। राजधानी काबुलस्थित स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयजनाबाट सङ्कलित नमुना परीक्षण गर्दा डेढ सयभन्दा बढीमा सङ्क्रमण भेटिएको जानकारी दिएको छ ।
उक्त परिणामले सुरुमा सोचेभन्दा तीव्र रूपमा काबुलमा प्रकोप विस्तार भइरहेको हुन सक्ने कुराले काबुलका ४० लाख बासिन्दामा चिन्ता बढेको पाइन्छ। ग्रामीण क्षेत्रमा सङ्क्रमणको अवस्था स्पष्ट छैन । 
केही महिनाअघि झन्डै अढाइ लाख अफगानीहरू प्रकोपको चर्को मारमा परेको देश इरानबाट फर्किएका थिए। अफगानिस्तानमा अहिलेसम्म २ हजार ७ सातजना सङ्क्रमित भएको पुष्टि भएको छ भने ८५ जनाले ज्यान गुमाएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी