
काठमाडौँ । अफगानिस्तानमा गएको २४ घन्टायता ५६० जना कोरोना संक्रमित थपिएका जनस्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यो समेत गरी बिहीबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १३ हजार १६ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानमा पनि दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिएका छन् । गत २४ घन्टायता अफगानिस्तानमा कम्तीमा पनि आठ जना संक्रमितको ज्यान गएको छ । यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म २३५ जनाको ज्यान गएको पनि समाचारमा जनाइएको छ ।
यहाँ कारोनाका संक्रमितमध्ये १ हजार २०९ जना निको भएर फर्किएका छन् । यहाँ निधन भएकाहरुमा कुनै न कुनै रोगका बिरामीहरु रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल अफगानिस्तानमा ११ हजार ५७२ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्