
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पनि असार १६ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म थपेसँगै असार १६ गतेसम्म आन्तरिक तथा बाह्य दुवै सेक्टरका उडान रोक्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिए।
सीमा नाकाहरु पनि त्यही अवधिसम्म बन्द गर्ने निर्णय उनले बताए । साथै सीमा क्षेत्रबाट आवत जावत बढ्दै जाँदा संक्रमणको जोखिम बढेकाले सुरक्षा व्यवस्था थप कडाई गर्ने निर्णय पनि बैठकले गरको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती बढाउने र त्यसका लागि थप निर्णय गर्न गृहमन्त्रालयलाई निर्देशन दिइएको उनले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्