
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मार्किङको काम थालेको छ । लकडाउनका कारण सञ्चालन स्थगित भएको विमानस्थलमा धमाधम मार्किङ सुरु भएपछि यसलाई सेवा सञ्चालनको पूर्व तयारीका रुपमा लख काटिएको छ । लकडाउन हुनु अघि नै चैत्रको पहलिो हप्ताबाटै अन्तराष्ट्रिय उडान रोकिएको काठमाडौँ एयरपोर्टमा चैत्र ११ गतेबाट आन्तरिक उडान पनि रोकिएको थियो ।
सरकारले विभिन्न मितिमा बाह्य तथा आन्तरिक उडान स्थगितको मिति थप गर्दै आएको छ । पछिल्लो पटक थप भएको उडान स्थगितको अवधि जेठ १८ सम्म कायम छ । यसबीचमा विभिन्न देशका लागि चार्टड उडान, औषधि आयात गर्न कार्गो उडान र केही हेलिकप्टरहरुको रेस्क्यु उडानबाहेक अन्य उडान रोकिएका छन् ।उडान स्थगितको मिति कहिलेसम्म लम्बिन्छ भन्ने यकिन छैन ।
लकडाउनकै बीचमा त्रिभुवन विमानस्थलमा मार्किङ सुरु भएपछि यसलाई सेवा सञ्चालनको तयारीका रुपमा हेरिएको छ । सामाजिक दूरी कायम हुने गरी यात्रु उभिने स्थान तय गरिएको छ । सरकारले विमानस्थल खोल्नासाथ सेवा सूचारु गर्न सकियोस् भनेर स्वास्थ्य मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले तोकेको मापदण्ड अनुसार एयरपोर्टमा मार्किङ सुरु गरिएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्