×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्ना नागरिक लिन काठमाण्डौ आयो पाकिस्तानी जहाज, ३० जना यात्रु लैजाने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आफ्ना नागरिक लिन काठमाण्डौ आयो पाकिस्तानी जहाज, ३० जना यात्रु लैजाने

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपालमा रहेका नागरिक लैजान पाकिस्तानको पाकिस्तान इन्टनेश्नल एअरलाइन्स पीआईए जहाज काठमाण्डौ आएको छ । पाकिस्तान सरकारले नेपालमा रहेका नागरिक लैजान कराँचीबाट जहाज पठाएको हो । कराँची जानको लागि ३० जना यात्रुको नाम प्राप्त भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

कोरोनाको जोखिमका कारण विभिन्न देशले नेपालबाट नागरिक उद्दार गरिरहेका छन् । सार्क देशका श्रीलंका, माल्दिभ्स, भुटानले पनि यसअघि नैआफ्ना नागरिक स्वदेश लगिसेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: