- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भारतीय लोकपालका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अप्रिल दुई तारिखमा स्वास्थ्यमा समस्या आएपछि त्रिपाठीलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षण गर्दा ६२ वर्षीय त्रिपाठीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको स्वास्थ्य विगत तीन दिनदेखि गम्भीर थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर स्थानीय समयअनुसार शनिबार राति पौने ९ बजेतिर उनको निधन भयो । उनकी छोरी र भान्सेलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो, तर उपचारपछि उनीहरु निको भएका छन् ।
उनी छत्तीसगढ उच्च अदालतको पूर्वमुख्य न्यायाधीशसमेत हुन् । सन् २०१९ को मार्च महिनामा उनलाई कानुन मन्त्रालयले २७ मार्चमा लोकपाल सदस्यमा नियुक्त गरेको थियो । त्यसपछि उनले छत्तीसगढ उच्च अदालतको मुख्य न्यायाधीश पदबाट राजीनामा दिएका थिए ।
भारतमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार ३ सय २२ पुगेको छ । शनिबार मात्रै ९४ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा एकै दिनमा मृत्यु हुनेहरुको यो संख्या हालसम्मकै धेरै भएको भारतीय मिडियाहरुले लेखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्