काठमाडौँ – विश्वको दिग्गज ई–कमर्स कम्पनी अमेजनका फाउन्डर तथा सीईओ जेफ बेजोस सन् २०२६ को सुरुआतसम्म विश्वकै पहिलो खर्बपति बन्न सक्ने अनुमान गर्न थालिएको छ। त्यतिखेर उनको उमेर ६२ वर्ष हुनेछ।
कम्पेरिसनले हालै गरिएको एक अध्ययनले बेजोस विश्वकै पहिलो खर्बपति बन्ने लगभग निश्चित रहेको देखाएको हो। त्यसो त विश्व महामारी कोरोनाभाइरसको संकटका कारण बेजोसले हालै ३ हजार ८०० करोड डलर गुमाउनुपरेको छ। यद्यपि उनी अहिले पनि विश्वकै अर्बपति धनाढ्यको सूचीमा पहिलो स्थानमै छन्।
बेजोससँग अहिले पनि सबैभन्दा बढी सम्पत्ति उनको कुल सम्पत्ति पछिल्लो ५ वर्षको अवधिमा ३४ प्रतिशतले बढेको छ ।
अध्ययनअनुसार फेसबुकका फाउन्डर मार्क जुकरबर्गलाई खर्बपतिको सूचीमा पर्न अझै १ दशक लाग्ने देखिएको छ। जुकरबर्गको अहिले ग्रोथ रेटअनुसार उनी ५१ वर्षको हुँदा उनको सम्पत्ति १ लाख करोड डलर पुग्ने अनुमान गरिएको छ।
खर्बपति बन्ने अर्को सम्पत्ति व्यक्तिमा चिनियाँ रियल स्टेट टाकुन जु जिआयिन छन्। उनी सन् २०२७ सम्म विश्वकै दोस्रो खर्बपति बन्न सम्भावना रहेको अध्ययनले देखाएको छ।
यसैगरी अलीबाबाका ज्याक मा पनि सन् २०३० सम्म खर्ब बन्ने अध्ययनले देखाएको छ। त्यतिखेरसम्म उनको उमेर ६५ वर्षको हुनेछ।
कम्पेरिसनले आफ्नो अध्ययनमा २५ व्यक्तिका कम्पनीको प्रगतिबारे समीक्षा गरेको थियो। जसअनुसार यी व्यक्तित्वमध्ये केवल ११ जनामात्र आफ्नो जीवनकालमा खर्बपति बन्न सक्ने देखिएको छ। यो अध्ययन उनीहरुको सम्पत्तिको हालको बढोत्तरीमा आधारित छ।
खर्बपति बन्न सक्ने सम्भावित सूचीमा टेनसेन्ट होल्डिङ्ग्सका अध्यक्ष तथा सीईओ मा हुआतेंग, मोनेट हेनेसीका पेन्रेन्ट कम्पनी एलबीएमएचका सीईओ बर्नार्ड अरनोल्ट, माइक्रोसफ्टका पूर्वसीईओ स्टिभ बाल्मर, डेल टेक्नोलोजीका संस्थापक माइकल डेल र गुगलका सहसंस्थापक लैरी पेज र सर्गेई ब्रिन रहेका छन्। – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्