
काठमाडौं । अमेरिकाको सुरक्षा एजेन्सी डिपार्टमेन्ट अफ होमल्यानड सेक्युरिटी (डीएचएस) र एफबीआईले अमेरिकामा कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासमा भइरहेको रिसर्चको डाटा चीनले चोर्ने कोसिस गरिरहेको आरोप लगाएका छन् ।
यी अमेरिकी सुरक्षा एजेन्सीहरुले अमेरिकामा भइरहेको भ्याक्सिन विकासको रिसर्च चीनले साइबर अट्याकका माध्यमबाट चोर्ने कोसिस गरिरहेको आरोप लगाएका हुन्। अमेरिकी सरकारले भने चीनको यो कोसिस निकै खतरापूर्ण रहेको प्रतिक्रिया सार्वजनिक गरेको छ ।
डीएचएस र एफबीआईको साइबर आर्म सीआईएसएका अनुसार अमेरिकाका जुन संस्थाहरुमा कोरोनाभाइरससँग जोडिएका रिसर्च भइरहेका छन्, ती संस्थाहरुमा चीनले निगरानी बढाएको छ । ‘अहिले अमेरिकाका हेल्थकेयर, फार्मास्युटिकल र रिसर्च सेक्टरमा कोरोनाका विषयमा भइरहेको अनुसन्धान भइरहेका छन्’, सीआईएसएले भनेको छ, ‘यी अनुसन्धानहरुमा चीनले निगरानी बढाएको छ, कुनै पनि बेला साइबर अट्याकका माध्यमबाट डाटा चोर्न सक्छ ।’
अमेरिकाले यसअघि पनि चीनले यो भाइरसको महामारीबाट फाइदा लिन खोजेको र यो भाइरसँग जोडिएका महत्वपूर्ण सूचनाहरु चोर्न जासुसी गरिरहेको आरोप लगाएको थियो। यद्यपि चीनमाथि अमेरिकाले लगाएका आरोपहरुका कुनै पनि प्रमाण छैनन् ।
कोरोना रिसर्चसम्बन्धी डाटा चोर्ने कोसिस रहेको भइरहेको वक्तव्य सार्वजनिक भएपछि चीन र अमेरिकाबीच झनै टकराव बढ्न सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि पनि कोरोनाभाइरस उत्पत्तिमा चीनकै हात रहेको आरोप लगाउँदै आएको छ । – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्