×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ६४३ जना मृत्यु, कुन देशमा कति छन् संक्रमित ?

LAXMI SUNRISE BANK

कोरोना अपडेट : अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ६४३ जना मृत्यु, कुन देशमा कति छन् संक्रमित ?

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दिनप्रति दिन बढ्दै गईरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।
अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ६४३ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६७ हजार ३९६ पुगेको छ । अमेरिकामा एकैदिन २८ हजार ५३४ बढीमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ११ लाख ५९ हजार ५६४ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ६० जना ७०५ उपचारपछि निको भएका छन् । १६ हजार ४७५ जनाको अवस्था गम्भीर रहेको छ । ९ लाख ३१ हजार ४६३७ जना उपचाररत छन् ।
बेलायतमा पनि पछिल्लो २४ घण्टाको तथ्यांक हेर्ने हो भने विश्वमा अमेरिकापछि बेलायतमा धेरैले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६९१ जनाले ज्यान गुमाएका थिए भने बेलायतमा ६२१ जनाले ज्यान गुमाएका छन् ।
बेलायतमा पछिल्लो २४ घण्टामा ६२१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८ हजार १३१ पुगेको छ । बेलायतमा एकैदिन ४ हजार ८०६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ८२ हजार २६० पुगेको छ । बेलायतमा संक्रमितमध्ये १ लाख ५३ हजार ७८५ जना उपचाररत छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
इटालीमा ज्यान गुमाउनेको संख्या २८ हजार ७१० पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४७४ जनाले ज्यान गुमाएको छ । साथै, १ हजार ९ सय जनामा संक्रमण देखिएको छ । यो संगै संक्रमितको संख्या २ लाख ९ हजार ३२८ पुगेको छ । इटालीमा संक्रमितमध्ये ७९ हजार ९१४ जना उपचारपछि निको भएका छन् । १ हजार ५३९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ७०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
विश्वभरीमा कोरोनाबाट २ लाख ४४ हजार ५ सय ९६ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३४ लाख ७९ हजार ८ सय ७५ पुगेको छ । संक्रमितहरुमध्ये ११ लाख ८ हजार ६५ जना निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी