
काठमाण्डौ । विश्व महामारी कोरोनाको कहर अमेरिकामा अझै २ वर्षसम्म रहन सक्ने एक अध्ययनले देखाएको छ । महामारीसम्बन्धी विशेषज्ञहरुद्वारा बिहीबार(आज)सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुुसार अमेरिकामा कोरोनाभाइरस कम्तीमा पनि अझै १८ महिनादेखि २४ महिनासम्म फैलिन सक्ने देखाएको हो । प्रतिवेदनमा यो भाइरसबाट यस अवधिमा अमेरिकाको ६० देखि ७० प्रतिशत जनसंख्या संक्रमित हुने पनि उल्लेख छ ।
विशेषज्ञहरुले अमेरिकालाई अहिलेको भन्दा पनि खराब संकट अर्थात संक्रमणको दोस्रो लहरका लागि तयार रहन पनि सुुझाव दिएका छन्। उनीहरुले यदि अवस्था राम्रो रह्यो भने पनि त्यहाँ मानिसहरु कोरोना संक्रमणबाट ज्यान गुमाइरहने प्रक्षेपण गरेका छन् । “यो तबसम्म रोकिने छैन जबसम्म ६० देखि ७० प्रतिशत मानिसहरु यसबाट संक्रमित हुुने छैनन्”, युुनिर्भसिटी अफ मिनोसोटाको सेन्टर फर इन्फेक्सिएस डिजिज रिसर्च एन्ड पोलिसीका निर्देशक माइक आस्टरलोमले भने ।
ओस्टरलोम विगत २० वर्षदेखि महामारीको जोखिमका बारेमा लेख्दैछन् । उनले यसबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुुझाव पनि दिएका छन् । आस्टरलोमले यो प्रतिवेदन हार्वड स्कुुल अफ पब्लिक हेल्थका इपिडिमोलोजिस्ट मार्क लिपसिच र डा. क्रिस्टिन मुुरे र इतिहासविद् जोन बेरीसँग मिलेर लेखेका हुुन्।
विशेषज्ञहरुका अनुुसार कोरोनाभाइरस नयाँ भएकाले कसैसँग पनि यसको सामना गर्नका लागि प्रतिरोधात्मक शक्ति छैन। “महामारीको अवधि १८ देखि २४ महिना सम्म रहिरहन सक्ने भएकाले मानिसहरुमा सामूहिक प्रतिरोधात्मक क्षमता विकास हुुनेछ”, प्रतिवेदनमा भनिएको छ। तथापि उनीहरुको मोडल इन्टिच्युुट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुयसन र इम्पेरियल कलेज लन्डनले प्रस्तुुत गरेको मोडलभन्दा भिन्न छ । यी संस्थाहरुको मोडलमा अमेरिका र बेलायतमा सरकारले जर्बजस्ती गरेको प्रतिक्रियाहरुलाई लाखौँ मानिसहरुको मृत्युले सहयोग पुर्याउने जनाइएको छ।
सिडर्यापद्वारा नेतृत्व गरिएको समूहले ती प्रतिवेदनहरु, विगतका महामारीका ऐतिहासिक तथ्यांक र कोभिड १९ संग सम्बन्धित प्रकाशित मेडिकल विवरणहरुलाई आफ्नो प्रतिवेदनमा एकसाथ प्रस्तुत गरेको छ। “जब तपाइँ रोग कति संक्रामक छ भनेर जान्न चाहनुुहुुन्छ तब तपाइँले यसका लागि इतिहासका साथसाथै मोडेलहरुको भर पर्नुपर्छ भनेर मैले पहिल्यै देखि भन्दै आइरहेको छु”, लिप्सटिचले भने ।
विशेषज्ञका अनुसार कोभिड १९ र इन्फ्लुयन्जा माहामारी तनावका लागि सबैभन्दा धेरै तुलनीय छन् । “लामो वृद्धि अवधि, लक्षण विनैको फैलावट र उच्च आरओका कारण कोभिड १९, फ्लुुभन्दा सजिलै फैलिरहेको छ।” विशेषज्ञहरुले प्रतिवेदनमा उल्लेख गरेका छन् । आरओ भनेको संक्रमित व्यक्तिले अन्य व्यक्तिलाई संक्रमण फैलाउने औसत संख्या हो। “उच्च आरओको अर्थ महामारी अन्त्य हुुनुुभन्दा अगाडि धेरै मानिस संक्रमित हुुनुु र प्रतिरोधात्मक बन्नुु हो”, विशेषज्ञहरुले भनेका छन्।
यस्तै विशेषज्ञहरुले सरकारी अधिकारीहरुले महामारी अन्त्य हुुन सक्छ भनेर जनतालाई भन्न बन्द गर्नुुपर्ने र यसको साटो नागरिकहरुलाई लामो अवधिका लागि तयार पार्नुपर्ने बताएका छन् । एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्