काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा चीनले चालेको कदमको आलोचना गरेका हुन् । एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएका हुन् ।
ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्दा अमेरिकाको पाँच खर्ब डलर बच्ने बताए । ट्रम्पले दुई मुलुकको बीचमा हुने गरेको व्यापारलाई इंगित गरेका हुन् । चीनसँग अमेरिकाको वार्षिक खर्बौं डलरको व्यापार घाटा हुने गरेको छ ।
पछिल्लो केही समययता अमेरिकाले चीनसँग कोरोना भाइरसको क्षतिपूर्ति दिनुपर्ने बताउँदै आएको छ । चीनमाथि अमेरिकाले कोरोना भाइरसको महामारीको शुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ ।
यद्यपि चीनले भने अमेरिकाको सबै आरोप अस्वीकार गर्दै आएको छ । पछिल्लो समय ट्रम्पले निरन्तर चीनको विरोध गर्दै आउनुलाई आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको एक रणनीतिको रुपमा लिइएको छ । – बिबिसी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्