×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकाको एक नर्सिङहोममा ९८ जनाको मृत्यु, शव अन्त्यष्टी गर्नै नसक्ने अवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अमेरिकाको एक नर्सिङहोममा ९८ जनाको मृत्यु, शव अन्त्यष्टी गर्नै नसक्ने अवस्था

Artha Sarokar

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विश्वकै शक्ति सम्पन्न राष्ट्र अमेरिका कोरोना भाइरसको महामारी शव अन्त्यष्टी गर्नै नसक्ने अवस्थामा पुगेको छ । न्यूयोर्कस्थित इसाबेला बृद्धाश्रम नर्सिङहोममा रहेको ९८ जनाको मृत्यु भएपछि उनीहरुको शव अन्त्यष्टि समेत नगरी राखिएको हो ।
सो घट्नापछि न्यूयोर्कका मेयर बील डे ब्लासियोले भनेका छन्, ‘यो हृदयविधारक, असम्भव र अकल्पनीय घट्नाबाट म स्तब्ध बनेको छु ।’ सो मध्ये गत शुक्रबार एकै दिन १३ जनाको मृत्यु भएको जनाएको छ । कूल ७०५ वटा बेड क्षमताको सो नर्सिङहोममा मृत्यु भएका मध्ये ५२ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भइसकेको छ भने ४६ जनाको थप परिक्षण जारी छ । अमेरिकाले सो घटनालाई इतिहासकै दुर्लभ घट्ना भनेको छ ।
शवहरु अन्त्यष्टी गर्दा समेत कोरोना फैलिने डरले चिसो फ्रिज भएको गाडीमा राख्ने तयारी भइरहेको सो नर्सिङहोमले जनाएको छ । हाल ति शवहरुको अन्त्यष्टी गर्न समेत सक्ने अवस्था नरहेको जनाइएको छ । सो अस्पतालका चिकित्सकहरुले पर्याप्त मात्रामा कोरोना भाइरसबाट सुरक्षित रहन पिपिई समेत नपाएको फक्स न्यूजले जनाएको छ ।
आइतबार विहानसम्मका विवरण अनुसार अमेरिकामा कुल ६७ हजार ७४४ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै दुई हजार भन्दाबढिको मृत्यु भएको छ । अमेरिकाको सबैभन्दा बढि संक्रमित न्यूयोर्कमा रहेको छ । एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी