- अर्थ सरोकार सम्बाददाता
अर्घाखाँची । अर्घाखाँचीमा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी जेठ १ गते ५ गतेसम्मका लागि बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै जेठ १ गते १ बजेदेखि ५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
जिल्लाभर सम्पूर्ण कारोवार बन्द गर्न जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले निर्देशन दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जेठ १ गतेदेखि ५ गतेसम्मका लागि बैंकिङ कारोबार रोक्न आदेश दिइएको जानकारी दिए । अत्यावश्यक पर्नेले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी जिप्रकाको समन्वयमा सम्बन्धित बैंक, वित्तीय संस्था र बीमा कम्पनी मार्फत सेवा दिलाइने पनि उक्त सूचनामार्फत जनाएको छ ।