
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा ६ दिनपछि शुक्रबार कोरोना पुष्टि भएको छ । १० जेठमा डुम्रियागञ्जमा मृत्यु भएका भुमिकास्थान ९ ढिकुराका ३४ वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएको हो ।
वडाध्यक्ष नारायणप्रसाद खनालका अनुसार कोरोना संक्रमण पुष्टि भएका युवकको शव ४ दिनअघि नै गाडेर अन्त्येष्टि गरिसकिएको छ। ‘हामीले परिवारसँग सल्लाह गरेर कोरोना सुरक्षाका मापदण्ड अपनाएर शव गाडेका थियौँ’, उनले भने।
शव कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो। ती युवकको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो।
शवसँगै आएका अन्य दुईजनाको रिपोर्ट भने नेगेटिभ आएको प्रदेश अस्पतालले जनाएको छ। उनीहरूसँगै अर्घाखाँचीका ८० जनाको समूहमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्