×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्घाखाँचीमा उपभोक्तालाई ठग्दै व्यापारी : तरकारीमा मनपरी भाउ लिएपछि गरियो मूल्य निर्धारण

PRIME CA

अर्घाखाँचीमा उपभोक्तालाई ठग्दै व्यापारी : तरकारीमा मनपरी भाउ लिएपछि गरियो मूल्य निर्धारण

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
अर्घाखाँची – अर्घाखाँचीमा तरकारीको मूल्य निर्धारण गरिएको छ । लकडाउनका समयमा तरकारीको मूल्य अत्यधिक भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट तरकारीको मूल्य निर्धारण गरिएको हो । 
तरकारीको मूल्य महंँगिएको भन्दै सन्धिखर्कका व्यापारीले उपभोक्ताबाट बढी मूल्य असुल्दै आएका थिए । जिप्रका र तरकारी व्यापारीबीच खरीद र ढुवानी मूल्यसहितको मूल्यमा अधिकतम २० प्रतिशत मुनाफा राखी बेच्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेलबासेले बताए । 
कोरोना भाइरसका कारण गरिएको लकडाउनले तरकारी अभाव भएपछि अर्घाखाँचीमा कपिलवस्तुबाट तरकारी आयात गरिएको आएको थियो ।  पहिलो चरणमा तरकारी अभाव भएपछि कपिलवस्तु, रामघाटबाट ब्रोकाउली, बन्दा, टमाटर, गाजर, लौका, खुर्सानी, सिमीलगायत १० टन तरकारी जिल्लामा भित्र्याइएको तरकारी व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष रामहरि घिमिरेले जानकारी दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: