×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्घाखाँचीमा बैंक तथा वित्तीय संस्था सातामा २ दिन मात्रै खुल्ने, बीमा कम्पनीका लागि के छ व्यवस्था ? (सूचनासहित)

PRIME CA

अर्घाखाँचीमा बैंक तथा वित्तीय संस्था सातामा २ दिन मात्रै खुल्ने, बीमा कम्पनीका लागि के छ व्यवस्था ? (सूचनासहित)

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
अर्घाखाँची । अर्घाखाँचीमा बैंक तथा वित्तीय संस्थाका शाखा साताको २ दिनमा मात्रै खुल्ला हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले अर्घाखाँची जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरुका शाखा साताको २ दिनमा मात्रै खुल्ला हुने जनाएको हो । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कुन कुनबार खोल्ने भनेर सूची नै तयार गरी जारी गरेको छ । प्रशासनले सातामा २ दिन मात्रै खुल्ने बैंक तथा वित्तीय संस्थाले सामाजिक दुरी कायम गर्न पनि भनेको छ । आइतबार ६ वटा र सोमबार देखि शुक्रबारसम्म दैनिक ५.५ वटा बैंकहरुले सेवा दिनेछन् ।
यस्तै बीमा कम्पनी, लघुवित्त, सहकारीलगायतका संस्थाहरुले भने प्रशासनमा जानकारी गराई आफै सूचना टाँस गरी सातामा २ दिन सञ्चालन गर्न पाउने सुचनामा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: