
- अर्थ सरोकार सम्बाददाता
अर्घाखाँची । अर्घाखाँचीमा बैंक तथा वित्तीय संस्थाका शाखा साताको २ दिनमा मात्रै खुल्ला हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले अर्घाखाँची जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरुका शाखा साताको २ दिनमा मात्रै खुल्ला हुने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कुन कुनबार खोल्ने भनेर सूची नै तयार गरी जारी गरेको छ । प्रशासनले सातामा २ दिन मात्रै खुल्ने बैंक तथा वित्तीय संस्थाले सामाजिक दुरी कायम गर्न पनि भनेको छ । आइतबार ६ वटा र सोमबार देखि शुक्रबारसम्म दैनिक ५.५ वटा बैंकहरुले सेवा दिनेछन् ।
यस्तै बीमा कम्पनी, लघुवित्त, सहकारीलगायतका संस्थाहरुले भने प्रशासनमा जानकारी गराई आफै सूचना टाँस गरी सातामा २ दिन सञ्चालन गर्न पाउने सुचनामा उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्