×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्घाखाँची जिल्लाका सबै नाका सिल !

PRIME CA

अर्घाखाँची जिल्लाका सबै नाका सिल !

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
अर्घाखाँची । अर्घाखाँची जिल्लाका सबै नाका सिल गरिएको छ । छिमेकी जिल्ला गुल्मीका एक पुरुषमा कोरोना देखिएपछि जिल्लाका सबै नाका सिल गरिएको हो ।
अर्घाखाँची जिल्लाका सबै सीमा नाका सिल गरी थप सुरक्षा व्यवस्था अपनाइने जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले अर्को व्यवस्था नभएसम्मका लागि वित्तीय सँस्था पनि बन्द गरिने बताए । 
यस्तै तरकारी, दूध, किराना, मासु पसल बिहान ७ देखि १० देखि खोल्ने, दूध पसल बिहान ६ देखि ९ बजे र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्ने, जिल्लाको लकडाउनलाई थप कडाई गर्ने पनि निर्णय गरेको छ । अत्यावस्यक काम परेमा जिल्ला प्रशासन र प्रहरीलाई सम्पर्क गरेर मात्रै हिँडडुल गर्ने निर्णय भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: