×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउन’का बेला हुण्डी कारोबारीको बिगबिगी, २४ लाख २१ हजार नगदसहित २ जना पक्राउ !

GLOBAL IME BANK
SHREE KESH

‘लकडाउन’का बेला हुण्डी कारोबारीको बिगबिगी, २४ लाख २१ हजार नगदसहित २ जना पक्राउ !

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका १३ टङ्केश्वरस्थित कनक पेट्रोलपम्प नजिकबाट २४ लाख २१ हजार नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र काठमाडौँ नयाँ बानेश्वर बस्ने बाग्लुङका ३५ वर्षीय सागर श्रेष्ठ छन् । उक्त रकममध्ये गुप्ताको साथबाट छ लाख २१ हजार र श्रेष्ठको साथबाट १८ लाख बरामद भएको हो ।
सो स्थानमा हुण्डी कारोवार गरिरहेको भन्न सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: