Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको १० लाख नगदसहित अन्सारी पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । ईशनाथ नगरपालिका-९ दुर्गामन्दिरस्थित सडकबाट श्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँ सहित १ जना पक्राउ परेको छ । प्रहरीले बारा सिम्रौनगढ नगरपालिका-७ बस्ने २५ वर्षीय सुकुरुल्लाह अन्सारीलाई बिहीबार पक्राउ गरेको हो । 
प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट ना.५४ प २११६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK