×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दिरको सामान चोरीको अभियोगमा ३ जना पक्राउ

LAXMI SUNRISE BANK

मन्दिरको सामान चोरीको अभियोगमा ३ जना पक्राउ

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सोलुखुम्बु – शनिबार सोलखुम्बुबाट प्रहरीले ३ जनालाई पक्राउ गरेका छन् । मन्दिरको सामान चोरीमा संलग्नको अभियोगमा ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–२, बुङघर भई खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, पाङबोचे बस्ने २५ वर्षीय राजेश राई, भोजपुर ट्याम्केमयु गाउँपालिकाका ३९ वर्षीय राजेशराई र सोलुखुम्बु माहाकुलुङ गाउँपालिका–२, पेल्माङका २७ वर्षीय मदन राई छन् ।
०७६ भदौमा सोलुखुम्बुस्थित पाङ्बोचे गुम्बाबाट पूजाका सामग्रीहरू पुरानो जाम्टा ३ जोर, पुरानोशंख २ थान, सनाही १ जोर, पुरानो काक्लिङ १ जोर, पुरानो निमाला, नर्थ फेस टेन्ट १ थान, कम्वल ४ थान र भेटी रकम १५ हजार रुपैयाँ चोरी भएको थियो । केही मुर्तिमा पनि तोडफोड भएको थियो ।
उक्त घटनाको अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय, नाम्चेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी