×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कोषमा अहिलेसम्म २ अर्ब २० करोड संकलन, निकासा कति ?

LAXMI SUNRISE BANK

कोरोना कोषमा अहिलेसम्म २ अर्ब २० करोड संकलन, निकासा कति ?

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले कोरोना रोगथाम तथा नियन्त्रण कोषमा अहिलेसम्म २ अर्ब २० करोड संकलन भएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् । कोरोना संक्रमणसँग स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य उपकरण अन्य खर्चको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई एक अर्ब ८ करोड निकासा गरिएको छ भने रक्षा मन्त्रालयमार्फत एक अर्ब ३५ करोड निकासा भएको अर्थ मन्त्री खतिवडाले बताए ।
कोरोना पछि सरकारले विकास साझेदारसँग छलफल गरी करिब डेढ खर्ब रुपैयाँ जोह गर्न लागेको छ । स्वास्थ्य पूवार्धार निर्माण तथा आर्थिक पुनउत्थानका लागि सो रकम खर्च गरिने छ । केही सम्झौता हुने क्रममा रहेको अर्थमन्त्रीले बताएका छन् । अर्थसमितिको आजको बैठकमा अर्थमन्त्री खतिवडाले सो बताएका हुन् ।
राहत र आर्थिक पुनउत्थानमा लागि सरकारले खर्च गरेको छ । राहत दिने क्रममा राहत आवश्यक नपर्नेले समेत राहत लिएको पाइएकोले योजना आयोगले तयार पारेको राहत कार्यविधिअनुसार कार्य अघि बढाएको अर्थ मन्त्री खतिवडाले बताए । असंगठित क्षेत्रका मजदुरलाई राहत उपलब्ध गराउन स्थानीय तहलाई परिचालन गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी