×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी बजेटमा कर सहुलियत गरिने, मौद्रिक सहायता गर्ने योजना ल्याउछौं : अर्थमन्त्री खतिवडा

LAXMI SUNRISE BANK

आगामी बजेटमा कर सहुलियत गरिने, मौद्रिक सहायता गर्ने योजना ल्याउछौं : अर्थमन्त्री खतिवडा

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटबाट कर सहुलियतको ब्यवस्था गरिने बताएका छन् । आगामी बजेटका सिद्धान्तहरु सार्वजनिक गर्दै उनले अर्थतन्त्र पुनरुत्थानका लागि कर सहुलियत कार्यक्रम ल्याउने भएका हुन् ।
प्रतिनिधि सभा संसदमा आइतबार (आज) खतिवडाले आर्थिक वृद्धि र क्रियाकलाप बढाउन मौद्रिक सहयता पनि उपलब्ध गराउने बताए । उनले मूल्यवृद्धिलाई वान्छित सीमाभित्र राखिने बताए । दीगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट तर्जुमा गरिने बताए । उनले आउँदो जेठ १५ गते बजेट ल्याउँदैछन् ।
बजेट ल्याउनुअघि उनले बजेटको प्राथमिकता र सिद्धान्तका बारेमा संसदलाई जानकारी गराएका हुन् । उनले यसपाली स्वास्थ्य पूर्वाधारमा लगानी बढाउने बताए भने स्वास्थ्य बीमालाई बिस्तार गरिने पनि बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी