
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशतमा खुम्चिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने बताएका हुन् । यता यसअघि वैशाख १७ मा केन्द्रिय तथ्यांक विभागले भने यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा झर्ने अनुमान गरेको थियो ।
सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८।५ प्रतिशतको लक्ष्य राखेको थियो । तर गत फागुनपछि सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा परेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिएको अर्थमन्त्री खतिवडाले जनाएका छन् । गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । कोरोनाले खासगरी सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएका कारण आर्थिक वृ्द्धिदर यसरी खुम्चिने अवस्थामा पुगेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्