×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आशा लघुवित्त वित्तीय संस्थाको आशालाग्दो प्रगति, खुद नाफा दोब्बर बढ्यो,अन्य सूचकहरु यस्ता छन् ? (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा २ करोड ९० लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १००% ले धेरै हो । गत वर्ष कम्पनीले १ करोड ४५ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । 
यस्तै, खुद ब्याज आम्दानी पनि ७ करोड ८१ लाख रुपैयाँबाट बढाएर १० करोड ६४ लाख रुपैयाँ पुर्याएको छ । तर, सञ्चालन नाफा ७२ लाख ३६ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष संस्थाको सञ्चालन नाफा १ करोड ६६ लाख रुपैयाँ रहेको थियो । 
यो तेश्रो त्रैमाससम्म संस्थाले ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी २३ करोड २२ लाख रुपैयाँ छ । यस्तै, रिजर्भ कोषमा ६ करोड ४९ लाख रुपैयाँ छ । कम्पनीको खराब कर्जा २.६७% बाट बढेर ४.४६% कायम भएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा रहेको आशाको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९५ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: