×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियन लाइफ इन्स्योरेन्सकाे खुद बीमा शुल्क ३ अर्ब ९ करोड ९८ लाख रुपैयाँ, कति कमायो नाफा ?

PRIME CA
GLOBAL IME BANK

एशियन लाइफ इन्स्योरेन्सकाे खुद बीमा शुल्क ३ अर्ब ९ करोड ९८ लाख रुपैयाँ, कति कमायो नाफा ?

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ३ अर्ब ९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत वर्षको साेहि अवधिको तुलनामा ४४ करोड ६८ लाख रुपैयाँ बढी हो । गत वर्षको यहि अवधिमा कम्पनीले २ अर्ब ६५ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमा शुल्क बढेसंगै खुद नाफा पनि बढेको छ । बैंकले ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफामा उल्लेख्य सुधार भएसँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेर ८ रुपैयाँ ६७ पैसा पुगेकाे छ । सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ४६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.८४ गुणा रहेको छ।
२ अर्ब १ करोड ७ लाख रुपैयाँ चुक्ता पूंजी कम्पनीको जगेडा कोषमा ४९ करोड ५९ लाख रुपैयाँ, जीवन बीमा कोषमा २० अर्ब १४ करोड ८० लाख रुपैयाँ र महा विपत्ती जगेडामा ५ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेकाे विवरणमा उल्लेख छ । २ लाख ८४ हजार २५९ वटा बीमालेख कायम गरेकाे इन्स्याेरेन्सले कुल २३ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ७ हजार ८९ वटा दावी वापत १ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ८९ दावी वापत २ अर्ब ९ करोड ३९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाे इन्स्याेरेन्सले जनाएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: