
- अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटिएम तोडफोड गरी पैसा चोरी गर्न खोज्ने पक्राउ परेका छन् । बैशाख १७ गते राति ११ बजेको समयमा महेन्द्रनगर रोडमा स्थित बैंकको तल्लो तलमा रहेको एटिएम मेसिनमा तोडफोड गरी पैसा चोर्न खोज्ने बझाङको थलरा गाउपालिका १ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर मटेना ससुरालीमा बस्दै आएका २२ वर्षीय सुनिल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टका अनुसार निरन्तर अनुसन्धान गर्दै जाँदा एटिएम तोडफोड गरेको ५ दिनमै पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी हबल्दार चक्र खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई महेन्द्रनगरमा पुगेर पक्राउ गरेको डिएसपी बिष्टले जानकारी दिए ।एटिएम तोडफोड गर्दा सिसिटिभी क्यामरामा कैद भएका फोटोका आधारमा अनुसन्धान गर्दै जाँदा उनको पहिचान गरि पक्राउ गरिएको उनले बताए । उनले पक्राउ परेका खड्कालाई अहिले कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाएको जानकारी दिए ।
‘एटिएम फोडेँ तर पैसा झिक्न जानिन…’
प्रहरीसँगको बयानमा उनले आफुले एटिएम लुट्न खोजेपनि नसकेको बयान दिएका छन् । ‘ एटिएम फोड्न सकें तर पैसा झिक्न जानिनँ’ उनले प्रहरीसँगको बयानमा भनेका छन् । १६ लाख बढि पैसा रहेको एटीएम मेसिनमा तोडफोडमा प्रयास धेरै गरेपनि पैसा झिक्न नसकेका कारण एटीएम रहेको सबै पैसा सुरक्षित छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्