- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – अष्ट्रेलियामा दिनप्रतिदिन कोरोना संक्रमित संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमण फेला परेको अष्ट्रेलियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै अष्ट्रेलियामा संक्रमित संख्या ६ हजार ८९६ पुगेको छ । हालसम्म अष्ट्रेलियामा ९७ जनाको मृत्यु भएको छ ।
अष्ट्रेलियामा संक्रमितमध्ये ६ हजार ८१७ जना उपचारपछि निको भएका छन् । २३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । अष्ट्रेलियमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु रहेका कारण दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।