
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार बारामा थपिएका पाँच जनामध्ये ३ जना भारतबाट आएको पाइएको छ । २ जना भने क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना नेपाली सेनामा कार्यरत व्यक्ति हुन् ।
वैशाख ३१ गते भारतको विभिन्न ठाउँबाट आएका उनीहरू पचरौता नगरपालिका–१ स्थित पिपरपाती माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुलाई नेपाल-भारत सीमा नाकाबाट सिधै क्वारेन्टाइनमा ल्याएर राखिएको थियो । पचरौता नगरपालिकाका जनस्वास्थ्य प्रमुख नवलकिशोर यादवका अनुसार हरियाणा, पटना र दिल्लीबाट आएका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई कलैया अस्पताल लैजाने तयारी भइरहेको छ । यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्