×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाग्लुङका सङ्क्रमितलाई उपचारका लागि धौलागिरी अस्पताल ल्याउने तयारी…

अर्थ सरोकार

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार

PRIME CA

बाग्लुङका सङ्क्रमितलाई उपचारका लागि धौलागिरी अस्पताल ल्याउने तयारी…

बाग्लुङ । जिल्ला सदरमुकामदेखि झण्डै १०० किलोमिटर टाढा रहेका क्वारेन्टिनमा बसेकाहरुमा कोरोनाको सङ्क्रमण देखिएपछि उनीहरुलाई सदरमुकाम बागलुङ बजारस्थित धौलागिरी अस्पताल ल्याउने तयारी थालिएको छ । भारतबाट आएका छ जनामा कोरोना सङ्क्रमण भएको आज पुष्टि भएको छ । पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टिनमा बसेका छ जनाको नमूना परीक्षणमा कोरोना सङ्क्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिकाको त्रिभुवन मावि क्वारेन्टिनमा रहेका दुई र तमानखोला गाउँपालिकाको धनगौज्योति मावि क्वारेन्टिनमा रहेका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको स्वाबको नमूना परीक्षण गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरेको थियो । 
तमानखोलाको धनगौज्योति माविमा रहेका चार जनामा सङ्क्रमण देखिएपछि उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाउने तयारी भइहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । बडिगाडको त्रिभुवन माविका दुई जनालाई पनि धवलागिरि अस्पताल ल्याउनका लागि एम्बुलेन्स तयारी अवस्थामा रहेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो । सङ्क्रमित तमानखोला–३ तमानका चार र बडिगाड–८ दर्लिङका दुई जना हुन् ।
बागलुङबाट बुधबार पठाइएका ९२ स्वाबमध्ये केहीको मात्रै रिपोर्ट आएको छ । तीमध्ये छ जनामा कोरोनाको सङ्क्रमण देखापरेको छ । कोरोना सङ्क्रमण भएको खबर पाएपछि उनीहरुको उपचारका लागि धवलागिरि अस्पतालले आवश्यक तयारी थालेको छ । “हामीलाई तयारी गर्नु भनेपछि तयारी थालेका छौँ”, अस्पतालका प्रमुख डा शैलेन्द्र विक पोखरेलले भन्नुभयो, “सङ्ख्याको विषयमा जानकारी आएको छैन ।” बागलुङमा झण्डै ४०० भारतबाट आएर क्वारेन्टिनमा बसेका छन् । उनीहरुमध्ये केहीको मात्रै कोरोना जाँच भएको छ ।
यसअघि बागलुङका दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । उनीहरु नेपालकै पाँचाँै र छैटौँ कोरोना सङ्क्रमित थिए । ६५ वर्षीया वृद्धा महिला र १९ वर्षीया युवती धवलागिरि अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन् । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: