
- अर्थ सरोकार सम्बाददाता
बाग्लुङ । कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि धौलागिरि अस्पतालको आइसोलेसन कक्षमा उपचाररत बागलुङ नगरपालिका-१३ का २३ वर्षीया युवकको कोरोना जाँच रिपोर्ट नेगेटिभ आएको छ । मङ्गलबार भारतबाट आएका उनलाई उच्च ज्वरो र जीउ दुख्ने समस्या भएपछि सोही दिन साँझ आइसोलेसनमा भर्ना गरिएको थियो ।
कोरोना आशङ्कामा स्वाब सङ्कलन गरी जाँचका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । बुधबार साँझ गरिएको जाँचमा कोरोना नलागेको पुष्टि भएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए । नेगेटिभ रिपोर्ट आएसँगै उनलाई बागलुङ नगरपालिका–१ स्थित क्वारेन्टिनमा पठाइएको छ ।
युवकको स्वास्थ्य अवस्था सामान्य रहेको र ज्वरो पनि हटेको अस्पतालले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्