
- अर्थ सरोकार सम्बाददाता
बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका ,निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा आजदेखि जेठ २० गतेसम्मका लागि सिल गरिएको छ । लकडाउनलाई मध्यनजर गर्दै ४ वटै पालिकाका प्रमुख, उपप्रमुख र इलाका प्रहरी कार्यालयको प्रमुख लगायतको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले ४ वटै पालिकाका मुख्य सीमा नाकाहरु बन्द गर्ने, सञ्चालनमा रहेका खाद्यान्न पसलहरु पनि २० गतेसम्मलाई बन्द गर्ने , निर्माण सामग्री र बिरामी बोक्ने एम्बुलेन्स तथा गाडीबाहेक अरु गाडी सञ्चालनमा रोक लगाउने तथा जथाभावी हिँड्नेलाई कारबाही गर्ने लगायतका निर्णय गरेको छ ।
इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले यस अवधिमा थप कडाइ गरिने बताउनुभयो । उहाँले प्रहरीको आँखा छलेर खोलामा माछा मार्ने , मर्निंग वाक जाने र बिना काम यत्रतत्र हिँडडुल गर्ने जस्ता काम नगर्न आग्रह गर्नुभएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्