×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : बाग्लुङका थप ६ जनामा कोरोना पोजेटिभ, जिल्लामा संक्रमित संख्या कति पुग्यो ?

PRIME CA

BREAKING : बाग्लुङका थप ६ जनामा कोरोना पोजेटिभ, जिल्लामा संक्रमित संख्या कति पुग्यो ?

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

स्याङ्जा
  • अर्थ सरोकार सम्बाददाता 
कास्की । भारतबाट फर्किएका बाग्लुङका थप ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । बागलुङको पश्चिम भेगका उनीहरु सुनौली नाका हुँदै बाग्लुङ पुगेका थिए । 
बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपनि त्यस सम्बन्धी थप जानकारी केहि समयपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिने जानकारी दिए । 
यता, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. बिनोद विन्दु शर्माले उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताए । यद्यपि थप विवरण आउन बाँकी रहेकाले विस्तृत बुझेर प्रेस नोट मार्फत जानकारी दिने उनको भनाइ छ । संक्रमण पुष्टि भएकाहरु अहिले क्वारेन्टाइनमा बसिरहेको बुझिएको छ ।
यसअघिका दुई संक्रमित निको भएर घर फर्किएको लामो समयपछि बागलुङमा नयाँ संक्रमित फेला परेका हुन् । यो सहित बाग्लुङमा संक्रमितको संख्या आठ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: