×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

Artha Sarokar

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधबारै बहुमतले पारित भएको छ । कोभिड-१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशभित्र निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हरेक स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण र औषधिको उपलब्धता सुनिश्चित गर्ने, क्यान्सर रोग लागेका विपन्न नागरिकलाई केन्द्र सरकारले दिँदै आएको सहुलियतमा थप सहुलियत दिने नीति पनि प्रदेश सरकारले लिएको छ ।
यस्तै सरकारले कृषि, पशुपक्षी र मत्स्य क्षेत्रको आधुनिकीकरण र औद्योगीकरण गरी गुणस्तरीय उत्पादनमा जोड दिने नीति लिएको छ । प्रदेश सरकारले सहिद, बेपत्ता, घाइते र अपाङ्गता भएका परवारलाई ‘द्वन्द्व पीडितका साथ प्रदेश सरकार’ कार्यक्रमअन्तर्गत सीप अभिवृद्धि र रोजगारीका अवशर उपलब्ध गराउने नीति पनि लिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी