- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको बताइएको छ ।
मन्त्रिपिरषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछिन् । सामाजिक दूरी कायम गरी संसदको अधिवेशन गराउन व्यवस्था मिलाइएको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्छ। बजेट ल्याउनुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।