
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाजले कर्मचारीको तलबमा १० प्रतिशत काट्ने यसअघिको निर्णय फिर्ता लिएको छ । उत्पादन तथा बिक्री ठप्प भएपछि खर्च कटौतीका लागि बजाजले कर्मचारीले खाइपाइ आएको तलब १० प्रतिशतले कटौती गर्ने निर्णय सार्वजनिक गरेको थियो ।
मार्च २४ तारिखदेखि उत्पादन बन्द गरेको बजाजले आफ्नो वित्तीय अवस्था मजबुत राख्नका लागि पाँच हजार कर्मचारीको तलबमा १० प्रतिशत कटौती गर्ने निर्णय लिएको थियो । ‘अहिलेको समय मस्तिष्कले भन्दा पनि आँटले काम गर्नुपर्ने देखेका छौँ। हाम्रो व्यापार व्यवसाय सबै कर्मचारीहरुको भरमा चलिरहेको छ । सर्वप्रथम आफ्नै कर्मचारीलाई प्राथमिकता दिएका छौँ । कुनै पनि कर्मचारीको घर परिवार बालबच्चा भोकै नसुतुन् भन्ने हाम्रो मुख्य उद्धेश्य हो, कम्पनीका प्रवन्ध निर्देशक राजिव बजाजले भनेका छन् ।
कोभिड-१९ का कारण गत मार्चदेखि कम्पनीका सबै उत्पादन प्लान्ट बन्द भएपछि अप्रिल महिनाभर व्यापार नै शून्य भएको कम्पनीले जनाएको छ।कम्पनीले भारत स्थित चकन, औराङ्गावाद, पटनागर लगायत तीनवटा प्लान्टबाट पल्सर १५०, डोमिनार २५०, पल्सर १५०, एनएस २००, पल्सर १८०, चेतक, एभेन्जर, प्लाटिना लगायत विभिन्न मोडलका मोटरसाइकल उत्पादन गर्दै आएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्