×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : यस्तो छ बंगलादेशको पछिल्लो अवस्था…

PRIME CA
GLOBAL IME BANK

कोरोना अपडेट : यस्तो छ बंगलादेशको पछिल्लो अवस्था…

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बंगलादेशमा कोरोना संक्रमणका कारण एकै दिन १३ जनाको मृत्यु भएको छ । यो समेत गरेर बंगलादेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १९९ पुगेको छ । 
साथै, ७०६ जनामा  नयाँ संक्रमित फेला परेको छ भने योसमेत गरेर संक्रमित हुनेको संख्या १२ हजार ४२५ पुगेको छ । बंगलादेशमा कोरोना संक्रमितमध्ये १ हजार ९१० जना उपचारपछि निको भएका छन् । १० हजार ३१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यसैबीच बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले आफूहरुको तत्काल उद्दार गर्न नेपाल सरकारसँग माग गरेका छन् । कोरोनाको जोखम बढ्दै गएपछि आफूहरु असुरक्षित रहेको भन्दै उनीहरुले स्वदेश फर्काउन माग गरेका छन् । उनीहरुले सरकारले आफूहरुको उद्दारमा तदारुकता नदेखाएको भन्दै विहीबार विज्ञप्ति जारी गर्दै आजबाट रिले अनसन बस्ने चेतावनी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: