×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७ सय ४६ स्थानीय तहमा पुगे वाणिज्य बैंकका शाखा, अझै ७ तहमा पुग्न बाँकी !

LAXMI SUNRISE BANK

७ सय ४६ स्थानीय तहमा पुगे वाणिज्य बैंकका शाखा, अझै ७ तहमा पुग्न बाँकी !

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हालसम्म ७ सय ४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत महिनासम्ममा ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४६ स्थानीय तहमा मात्र शाखा पुगेका छन् ।
अझै ७ वटा स्थानीय तहमा मात्रै पुग्न बाँकी रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । २७ वटैवाणिज्य बैंकका शाखा ७४६ वटा स्थानीय तहमा पुगेका हुन् । राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनाको विस्तृत प्रतिवेदन अनुसार ७ वटा प्रदेश मध्ये २ वटा प्रदेशका सबै स्थानीय तहमा शाखा विस्तार भएका छन् भने ५ वटाका केहीमा पुग्न बाँकी छ ।
प्रदेश नम्बर १ मा एक वटा, बाग्मतीमा २, गण्डकीमा १, कर्णालीमा १ र सुदुरपश्चिममा २ वटा स्थानीय तहमा शाखा पुग्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थानको संख्या १६२ छ । जसमा २७ वाणिज्य बैंक, २३ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी