
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कृषि बिकास बैंकमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । शनिबार आएको पिसिआर रिपोर्टमा ३१ वर्षीय ती कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टी भएको हो । बैंकको पुरकोटदह शाखाका ती कर्मचारीमा कोरोना पोजेटिभ भएकोजिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले बताएका छन् ।
उनीसँगै कोरोना परिक्षण गरेका अन्य कर्मचारीको भने रिपोर्ट नेगेटिभ आएको छ । उनी कोरोना संक्रमितसँग सम्पर्कमा आएको पुष्टी भएपछि उनको स्वाब संकलन गरिएको थियो । उनलाई तत्कालका लागि मदाने गाउँपालिकाकै आइसोलेशन कक्षमा राखिएको छ भने बैंकको उक्त शाखा सिल गरिएको छ ।
जव उनी भाग्न खोजे…
‘आफ्नो रिपोर्ट पोजेटिभ आएपछि उनलाई लिन प्रहरी उनीसम्म पुग्यो । तर उनी भाग्न खोजे । प्रहरीले समातेपछि पनि उनले आफुलाई केहि नभएको र घरमै बस्ने बताए । प्रहरीले जवर्जस्ती गर्न थालेपछिमात्र उनी आइसोलेसन कक्षमा जान तयार भएका थिए ।’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भने, ‘बैंकमा काम गर्ने कर्मचारी बुझ्नेहुनुपर्ने हो । तर संक्रमण भएपछि कसैको मनोविज्ञान फरक हुने रहेछ ।’
अहिले उनी आइसोलेसनमा छन् भने उनको स्वास्थ्य अवस्था ठिक छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्