
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरु शुक्रबारदेखि खुल्ने भएका छन् । सरकारले लकडाउनलाइ खुकुलो बनाएसँगै बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीका शाखाहरु शुक्रबारदेखि खुल्ने भएका हुन् । बुधबार मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक, बीमा कम्पनी, सहकारी तथा धितोपत्र सम्बन्धी सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा रहेका कर्मचारीहरुमध्ये एक तिहाई कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको जानकारी दिए ।
बिहीबार भने सार्वजनिक विदा रहेकाले उक्त कम्पनीहरु शुक्रबारदेखि खुल्ने भएका हुन् । सरकारले लकडाउन घोषणा गरेयता बैंकहरुल अनुकुलता अनुसार शाखा खोलेर सेवा दिँदै आइरहेका थिए । बीमा कम्पनीको हकमा भने सुरुका केहीदिन पास नै नपाएका कारण सबै सेवा बन्द नै जस्तो थियो । पछिल्लो समय पास लिएर तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले पत्र र परिचयपत्रको आधारमा कर्मचारी कार्यालय गएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्