×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अधिकांस बैंकका कर्मचारीको गुनासो -‘कोरोना कोषमा करोडौँ दिने बैंकले ६ सय पर्ने कोरोना बीमा समेत गरिदिएन…’

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लक्ष्मी बैंकका एक स्टाफका आफन्तलाई कोरोना पोजेटिभ देखिएपछि उनी बस्ने घर सिल गरिएको छ । यो खबर सार्वजनिक भएसँगै अहिले बैंकरहरुमा त्रास बढेको छ । घरभेटीले जागिर खान नजानु, कि घर छोड्नु भन्ने धम्की दिन थालिसकेका छन् । घरमा परिवार र आफन्तको गाली त छँदै छ । आफ्ना कर्मचारीहरुलाई के के न गर्ने जसरी कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृतहरु मिडियाबाजी गरिरहेका हुन्छन् । तर धेरै बैंकहरुले आफ्ना कर्मचारीहरुलाई कोरोनाको बीमासमेत गरिदिएका छैनन् ।
‘हाम्रो बैंकले कोरोना कोषलाई एक करोड रुपैयाँ दिएको छ । हाम्रै स्टाफ कोरोनाको जोखिममा घरनै सिल गरेर बसेका छन् । तर हाम्रै कोरोना बीमा गरिएको छैन । त्यो पनि जम्मा ६ सय रुपैयाँ पर्ने बीमा रहेछ ।’ लक्ष्मी बैंकका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग गुनासो पोखे । उनका अनुसार ६ सय रुपैयाँ भन्दा पनि बैंकले यस्तो महामारीका समयमा देखाएको व्यवहार दुखद् छ । ‘६ सय रुपैयाँ तिरेर बीमा गर्न नसक्ने हामी पनि होइनौं । तर बैंकले गरेको व्यवहार ठिक भएन । सबैको कोरोना बीमा गरिदिएको भए एउटा मोटिभेसन हुन्थ्यो ।’
‘कोरोना बीमा गर्ने सोचमै छौँ’ : बैंकर
यता धेरै बैंकहरुले कर्मचारीको अन्य खाले बीमा भएकाले कोरोना बीमाको थप सुविधा लिने कि नलिने भन्ने विषयमा छलफल भएको बताएका छन् । एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले अर्थ सरोकार डटकमसँग भने, ‘बीमा पहिला नै हुन्छ । १ लाख रुपैयाँको हो कोरोना बीमा । हामीलाई ६ सय रुपैयाँको मतलब होइन । बरु त्यो बीमा आबश्यक छ कि छैन भन्ने कुरा हो ।’ यद्यपी उनले यस्तो समयमा कोरोना बीमा गरिदिएर स्टाफहरुलाई मोटिभेसन गर्न भने सकिने बताए । ‘तपाईंहरुको कुरा ठिक हो ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘तपाईं मिडियाका साथीहरुले त आफ्ना सबै कर्मचारीको बीमा गर्नुभएको छ भने हामीले पनि गर्नुपर्छ । यस विषयमा आज बैंकमा छलफल गर्छु ।’ उनले भने ।
कोरोना बीमा खर्च होइन, ‘आजको आवश्यकता हो’ : अजोड इन्स्योरेन्सका सीइओ
यता बीमा क्षेत्रमा लामो समयदेखि काम गरिरहनुभएका र हाल अजोड इन्स्योरेन्सको नेतृत्व सम्हालिरहनुभएका कुमार बहादुर खत्रीले भने कोरोना बीमा खर्च नभएर आवश्यकता रहेको बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘कोरोना बीमा आजको आवश्यकता हो । यसलाई खर्चका रुपमा लिनुहुँदैन ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: