×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि कोरोना सङ्क्रमण पुष्टी, प्रहरी चौकी कालाफाँटा बन्द !

अर्थ सरोकार

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार

PRIME CA

बाँकेका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि कोरोना सङ्क्रमण पुष्टी, प्रहरी चौकी कालाफाँटा बन्द !

  • अर्थ सरोकार सम्बाददाता 
बाँके । बाँकेमा पनि स्वास्थ्य र सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत एक प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । गाउँपालिकामा भेटिएका २७ सङ्क्रमितमध्ये एक प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । चौकीमा रहेका अन्य सुरक्षाकर्मीलाई क्वारेन्टिनमा आज पिसिआर परीक्षणको तयारी भएको छ । 
खजुरा गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेका खजुरा –५ का एक युवकमा सङ्क्रमण देखिएको भोलिपल्ट स्वास्थ्यकर्मीमा सङ्क्रमण देखापरेको खजुराका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । नरैनापुरमा शनिबार कोरोना सङ्क्रमण देखिएका प्रहरीसहित २७ जनालाई नेपालगञ्ज ल्याएर खजुरास्थित कृषि अनुसन्धान केन्द्रमा तयार गरिएको आइसोलेशन केन्द्रमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 
कोहलपुर-प्रहरी चौकीमा कार्यरत प्रहरीलाई कोरोना पोजेटिभ देखिएपछि प्रहरी चौकी कालाफाँटा बन्द गरिएको छ । बाँकेको प्रहरीचौकी कालाफाँटामा कार्यरत २३ वर्षीय एक जनालाई कोरोना सङ्क्रमण देखिएपछि प्रहरीचौकी कालाफाँटा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सिंहले जानकारी दिए ।कालाफाँटा प्रहरीचौकीमा नौ जना कार्यरत छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: