×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेका कोरोनाका नयाँ संक्रमित बैंकका कर्मचारीका आफन्त, संक्रमितसँगै बैंकर पनि आइसोलेसनमा ! (भिडियो रिपोर्टसहित)

LAXMI SUNRISE BANK
GLOBAL

बाँकेका कोरोनाका नयाँ संक्रमित बैंकका कर्मचारीका आफन्त, संक्रमितसँगै बैंकर पनि आइसोलेसनमा ! (भिडियो रिपोर्टसहित)

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । लक्ष्मी बैंकका एक स्टाफका आफन्तमा कोरोना संक्रमण भएको केहि दिनपछि अर्का एक बैंकमा कार्यरत कर्मचारीका आफन्त पनि कोरोना संक्रमित भएको पुष्टी भएको छ ।  बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसँगै यस्तो तथ्य बाह्रिया आएको हो । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । 
सो मध्ये एक संक्रमित बैंकरका आफन्त रहेको बुझिएको छ । थप अनुसन्धान जारी छ भने ती बैंकरलाई आइसोलेसनमा पठाईसकिएको छ । यसअघि एनआइसी एशिया बैंकमा कोरोना संक्रमित पुगेको तथ्य पुष्टी भएपछि एनआइसी एशियाका एक कर्मचारीलाई आइसोलेसनमा लगिएको थियो । 
अत्यावश्यक सेवाका नाममा बैंकहरु खुल्दा बैंकमा जोखिम बढेको छ । अहिले बाँकेका सबैजसो बैंक तथा वित्तीय संस्थाहरु बन्द गरिएका छन् ।   
योसँगै आजका टप १० भिडियो रिपोर्टहरु हेर्नुहोस् अर्थ सरोकार टप १० समाचारमा 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी